नवलपुर । टेम्पल टाईगर होटलको आयोजनामा भएको टेम्पल टाईगर गल्फ टुर्नामेण्टको उपाधि पूर्व प्रधानसेनापती गौरव शम्सेर जंगबहादुर राणाले जितेका छन् ।
नवलपुरको सिजि गल्फ रिट्रिटमा शनिवार सम्पन्न खेलमा राणाले ३९ अंक प्राप्त गर्दे उपाधि जितेका हुन् । राणालाई टेम्पल टाईगरका अध्यक्ष बसन्त मिश्रले एक समारोहका बिच ट्रफी र मेडल प्रदान गरे ।
यसैगरि सो प्रतियोगितामा ब्रिगेडिएर जनरल सुर्दशन सिलवाल उपबिजेता भएका छन् । उनले ३८ अंक प्राप्त गरे । प्रतियोगितामा महिला तर्फ गीता गुरुङ्ग प्रथम भईन् भने डाक्टर रिता थापा दितिय भईन् ।
गुरुङ्गले ४१ अंक प्राप्त गर्दा थापाले ३८ अंक प्राप्त गरेकी थिईन् । प्रतियोगितामा ग्रस विनरमा हरि थापा , सिनियर विनरमा रविन्द्रराज पाण्डे, बेस्ट ड्रेस तर्फ पवित्रा याकथुम्वा , मस्ट बर्डिजमा प्रदिप कुमार श्रेष्ठ ,लङ्गेस्ट ड्राईभमा संयग शाहि ,र क्लोजेट टु द पिनमा सुरिध घिमिरेले ट्रफी प्रप्त गरेका छन् । प्रतियोगितामा कुल ३७ जना खेलाडी सहभागी भएका थिए ।
प्रकाशित मितिः २०७६ माघ १९ आइतबार
Comments