काठमाडौँ । पाकिस्तानका अफ स्पिनर बिलाल आसिफ र बलिङ अलराउन्डर फाहिम आश्रफले पाकिस्तानी टेष्ट क्रिकेट टिममा पुनरागमन गरेका छन् ।
पाकिस्तानले बंगलादेशसँगको टेष्टका लागि घोषणा गरेको टिममा बिलाल र फाहिम अटाएका छन् ।
पाकिस्तानले घोषणा गरेको १६ सदस्सीय टिममा दुवै खेलाडी परेका हुन् । बिलाल र फाहिम श्रीलंकासँगको सिरिजमा टिममा थिएनन् ।
आईसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत पाकिस्तानले बंगलादेशसँग दुई खेलको सिरिज खेल्नेछ । पहिलो टेष्ट फेब्रुवरी ७ बाट सुरु हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १९ आइतबार
Comments