काठमाडौँ । रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
रियल जारागोजामाथि ४-० को सहज जित निकाल्दै रियलले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
राफेल भरानो, लुकास भाजक्वेजले पहिलो हाफमा एक एक गोल गर्दै रियललाई २-० ले अघि बढाएका थिए ।
दोस्रो हाफमा भिनिसियस जुनियर र वैकल्पिक खेलाडीको रपमा मैदान छिरेका करिम बेन्जिमाले समान एक एक गोल गर्दै रियललाई सहज जित दिलाएका हुन् ।
रियल स्पेनिस लिगको शीर्ष स्थानमा छ । उसले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको छ ।
रियलले मड्रिड डर्बीमा आगामी शनिबार एट्लेटिकोसंग खेल्दैछ । जिनेदिन जिदान नेतृत्वको टिमले सहज जित निकाल्दै सो खेल अगाडी आफुलाई तयार बनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १६ बिहीबार
Comments