काठमाडौँ । म्यान्चेष्टर डर्बीुमा युनाईटेडले जित हासिल गरेको छ ।
ईपीएल कपको सेमिफाईनलको दोस्रो लेगको खेलमा म्यान्चेष्टर शहरका दुई क्लब भिडेका थिए । जसमा युनाईटेडले सिटीलाई १-० गोल अन्तरले हरायो ।
युनाईटेडको जितमा निमन्जा माटिसले विजयी गोल गरे । उनले खेलको ३५ औ मिनेटमा गोल गरेका थिए ।
तर उनी माटिस ७६ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि खेलको अन्तिम १४ मिनेट युनाईटेडले १० खेलाडीमा सिमित रहेर खेलेको थियो ।
दोस्रो लेगमा हारेपनि सिटीले समग्रमा ३-२ को नतिजा सहित ईपीएल कपको फाईनल प्रवेश गरेको छ ।
उसले युनाईटेडको मैदानमा भएको पहिलो लेगको खेलमा ३-१ को अग्रता बनाउँदै सेमिफाईनलमा आफुलाई बलियो बनाएको थियो ।
सिटीले अब उपाधिका लागि मार्च १ मा एस्टन भिल्लासंग वेम्वली मैदानमा खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १६ बिहीबार
Comments