काठमाडौँ । लिभरपुलले ईङ्लिस प्रिमियर लिग फुटबलमा स्पष्ट १९ अंकको अग्रता कायम गरेको छ ।
बुधबार राति भएको खेलमा वेस्ट ह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले लिगमा ७० अंक जोडेको हो ।
शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग १९ अंकको स्पष्ट अग्रता लिएको हो ।
लिभरपुलको जितमा मोहमद सलाहा र एलेक्स ओक्सलेड चेम्लेनले एक एक गोल गरे ।
खेलको ३५ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
५२ औं मिनेटमा चेम्बरलेनले लिभरपुलको जित सुनिश्चित गरेका थिए ।
लगातार १५ खेलमा जित निकाल्दै लिभरपुल सन् १९९० पछि उपाधि होडमा लम्किएको छ ।
म निकै खुसी छु । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोले भने, आजको रात निकै सामान्य प्रर्दशन रह्यो । कसैले हामीलाई भेट्न सक्छन् भन्ने बिषयमा मलाई केही थाहा छैन । मुख्य लक्ष्य भनेको जति सक्दो धेरै अंक जोड्ने हो । अझै हामीसंग धेरै खेल बाँकी छ ।
लिभरपुल लिगको ४१ खेलमा अपराजित छ । पराजित बनेको वेस्ट ह्याम रेलिगेशन जोन भन्दा मात्र एक स्थान माथि छ । वेस्ट ह्याम २३ अंक सहित तालिकाको १७ औं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १६ बिहीबार
Comments