काठमाडौं । लेस्टर सिटीलाई पराजित गर्दै एस्टन भिल्ला इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको फाइनलमा पुगेको छ ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेष्टरलाई २–१ ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित भिल्ला फाइनलमा पुगेको हो । लेस्टरको मैदानमा भएको पहिलो लेगमा दुवै टोलीले १–१ गोल गरी खेल बराबरी खेलेका थिए ।
भिल्लाको पार्क बर्मिङघममा मंगलबार राति भएको खेलमा भिल्लाका लागि माट टार्गेट र ट्रेजेगुएटले एक एक गोल गरे । यस्तै, लेस्टरका लागि केलिची इहान्चोले एक गोल गरे ।
खेलको १२ औं मिनेटमा टार्गेटले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा लेष्टरका इहान्चोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
तर, खेलको अन्तिम समयमा ट्रेजेगुएटले गोल गर्दै भिल्लालाई २–१ को जित दिलाए । अब भिल्लाले म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग फाइनल खेल्नेछ । पहिलो लेगमा सिटी ३–१ ले अघि रहेको छ । दोस्रो लेग आज राति सिटीको मैदानमा हुँदैछ ।
प्रकाशित मितिः २०७६ माघ १५ बुधबार
Comments