काठमाडौं । चौंथो वरियताकी सिमोना हालेप अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा आज बिहान भएको खेलमा अनेट्ट कोनटाभेइटलाई ६–१ र ६–१ को सेटमा पराजित गरि हालेप सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।
अब हालेपले फाइनल प्रवेशका लागि गार्बिन मुगुरुजा र अनास्टासियाबीचको विजेतासँग खेल्नेछिन् ।
प्रकाशित मितिः २०७६ माघ १५ बुधबार
Comments