काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारीको ५ गोलसँगै गोकुलम केरलाले आज भारतीय महिला लिगमा लगातार दोस्रो जित आत्मसात् गरेको छ ।
केन्क्रे एफसीमाथि १०–१ को फराकिलो नतिजा निकाल्दै सावित्रा आबद्ध गोकुलम केरलाले लिगमा लगातार दोस्रो जित निकालेको हो । गोकुलम केरलाको सहज जितमा सावित्रा एक्लैले ५ गोल गरिन् । करिश्माले ह्याटिक गर्दा मनीषा र ग्रेसले १–१ गोल गरे । केन्क्रेका लागि शौम्यले एक गोल फर्काएकी थिइन् ।
बेङलोर फुटबल मैदानमा पहिलो हाफमा ह्याटिक पूरा गरेकी सावित्राले दोस्रो हाफमा व्यक्तिगत २ गोल थप्दै गोल संख्या ५ पु¥याएकी थिइन् । उनी खेलमा प्लेयर अफ दी म्याच पनि घोषित भइन् ।
गत लिगमा सेतुबाट खेलेकी सावित्राले यसपटक भने गोकुलम केरलाबाट खेलिरहेकी छन् । यसअघि उनले पहिलो खेलमा श्रीभूमिमाथि १–० ले जित निकाल्दा निर्णायक गोल गरेकी थिइन् ।
प्रकाशित मितिः २०७६ माघ १४ मंगलबार
Comments