गुलरिया । बर्दियाको गुलरियामा हुने १३ औं राष्ट्रपति रनिङशिल्ड तथा दोश्रो मेयर कप प्रतियोगिताको मिति तय गरिएको छ ।गुलरियामा बसेको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यही माघ २८ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस प्रतियोगितामा बर्दिया जिल्लाका प्रावि स्तरका विद्यार्थीहरुलाई समेत सामेल गरिने भएको छ । अहिले गलरियाका ४७ वटा विद्यायलयहरुमा प्रतियोगिताको तयारी भइरहेको जानकारी गराइएको छ ।
समितिले प्रतियोगिताको मिति तय गरेसँगै पुरस्कार आफ्नो पोल्टामा पार्नका लागि सबै विद्यालयहरु आ–आफ्नै तवरले तयारीमा जुटेका आयोजक समितिका संयोजक निर्मल उपाध्यायले बताए ।
विगतका वर्षहरुमा नि.मा.वि. र मा.वि.का विद्यार्थीहरुलाई मात्र प्रतियोगितामा सामेल गरिदै आएको थियो । तर, यो वर्षदेखि प्रा.वि.का विद्यार्थीहरुलाई पनि प्रतियोगितामा सामेल गरिने गुलरिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत सतिस यादवले बताए ।
प्रकाशित मितिः २०७६ माघ १२ आइतबार
Comments