काठमाडौँ । एफ ए कप फुटबलको चौथो चरणमा टोटेनहमले निराशाजनक बराबरी खेलेको छ ।
शनिबार राति भएको खेलमा टोटेनहमले साउथह्याम्टनसंग १-१ गोलको बराबरी खेलेको हो ।
सन ह्युङ मिनले ५८ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेल सकिन तीन मिनेट अगाडी सोफियान बोफालले साउथह्याम्टनलाई बराबरीमा ल्याएका थिए ।
जियोभानी लो सिल्सोको पासलाई सदुपयोग गर्दै कोरियाली फरवार्डले गोल गर्दै टोटेनहमलाई पाँचौ चरणको बाटो देखाएका थिए । तर अन्तिम समय सम्हालिन नसक्दा टोटेनहमले पुन अर्को खेलको नतिजा पर्खनुपर्ने भएको छ ।
बराबरीको नतिजासंगै टोटेनहम र साउथह्याम्टन पुन एक पटक सेन्ट मेरी स्टेडियममा भिड्नेछन् । जो साउथह्याम्टनको घरेलु मैदान हो ।
क्रिस्टियन एरिक्सनबिनै टोटेनहमले राम्रो प्रर्दशन गरेको थियो । एरिक्सन चालू सिजनमै ईटालियन क्लब ईन्टर मिलान जाने तयारीमा छन् । सोही कारण उनी एफ ए कपको खेलमा अनुपस्थित रहेका थिए ।
यो राम्रो नतिजा हैन । टोटेनहमका प्रशिक्षक जोसे माउरिन्होले भने, यो त्यस्तो नतिजा हो, जसले आशा जिवित राखेको छ । यो नतिजा हामीले चाहेका थिएनौ । हामी थप अर्को खेल खेल्न चाहन्नौ । तर नखेल्नु भन्दा खेल्नुनै राम्रो हो । बाहिरिनु भन्दा खेल्न मन पराउँछौ । कुनै नाटक हुदैन । अगाडी बढौ ।
प्रकाशित मितिः २०७६ माघ १२ आइतबार
Comments