काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले पहिलो टि-ट्वान्टीमा भारतलाई २०४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले व्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रन बनाएको हो ।
अकल्यान्डस्थित इडेन पार्कमा जारी खेलमा न्युजिल्याण्डका लागि कोलिन मुनरोले ५९, कप्तान केन विलियम्सनले ५१,रोस टेलरले ५४ र मार्टिन गुप्टीलले ३० रन बनाए ।
भारत केहीबेरमा जवाफी व्याटिङ थाल्नेछ । ५ टि–ट्वान्टी खेलको सिरीजमा दुवै टोली जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छन् ।
प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार
Comments