काठमाडौं । सातौं चरणको खेल सकिदा एक मात्रै जित निकालेको विभागीय टिम एपीएफ पुछारमा छ । एपीएफ लिगको रेलिगेशन जोन भन्दा मात्र एक स्थान माथि छ ।
एक खेल जितेको उसले ४ खेलमा हार ब्यहोरेको छ भने दुई खेलमा बराबरी गरेको छ । ६३ सालबाट ए डिभिजन लिग खेल्न थालेको एपीएफलाई रेलिगेशनको डर समेत उस्तै छ ।
लिगको आधा खेल सकिदा सरस्वती युथले एक अंक मात्रै जोडेको छ । जसले एपीएफलाई केही राहत मिलेको छ । यस सिजन लिगमा मात्र एक टिम रेलिगेशनमा झर्नेछ ।
एपीएफले बिहीबार लिगको ५२ औं खेलमा जावलाखेल युथ क्लबको सामना गर्दैछ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ ।
जावलाखेलविरुद्ध जित निकाल्दै एपीएफ कम्तिमा राहतको शास फेर्न चाहन्छ । बर्षभरीनै अभ्यासमा रहने एपीएफबाट गतिलो नतिजा नआउँदा खेलाडी र प्रशिक्षकमा दबाब थपिएको छ ।
खेलाडीको मनोबल गिर्न नदिन बिहीबार एपीएफले कम्तिमा जावलाखेलविरुद्ध जित निकाल्नुपर्ने हुन्छ ।
पछिल्लो खेलमा अग्रता बनाएर पनि नतिजा निकाल्न नसकेका एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ जावलाखेलविरुद्ध सोहि समस्या दोहोरिन नदिने सुरमा छन् ।
‘खेलाडीको मनोबल बढाउन लागेका छौं । विपक्षी जस्तो सुकै होस्, राम्रो खेल खेलेर नतिजा हात पार्ने दाउ छ । अन्तिम पटक लिएको अग्रता जोगाउन सकेनौं । अव जितको विकल्प छैन ।’ उनी भन्छन् ।
एपीएफ १ जित २ बराबरी र ४ हार सहित ५ अंक जोडेर तालिकाको १३ औं स्थानमा छ ।
यता, जावलाखेल पनि एपीएफको खराब प्रदर्शनको फाइदा उठाउने दाउमा छ । लगातार खराब नतिजा निकालेको एपीएफलाई हराउँदै जावलाखेल अंक तालिकामा सुधार गर्न चाहन्छ ।
प्रशिक्षक नरेश थापा खराब प्रदर्शनबाट गुज्रिरहेको एपीएफबिरुद्ध फाइदा लिने बताउँछन् ।
‘एपीएफको खराब दिन छ । लय विहिन बनेको छ । यसको फाइदा लिँदै नतिजा आफ्नो पक्षमा पार्छौ ।’ उनी भन्छन् ।
सुरुवाती पाँच खेलमा अपराजित रहेको जावलाखेल अन्तिम दुई खेलमा भने पराजित छ । उसले २ जित, ३ बराबरी र २ हारको नतिजा सहित ९ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।
विहीबार एपीएफविरुद्ध जावलाखेलले ४ विदेशी खेलाडी खेलाउन पाउनेछ ।
प्रकाशित मितिः २०७६ माघ ०९ बिहीबार
Comments