काठमाडौं । सावित्रा भण्डारी र अनिता बस्नेतले चौथो संस्करणको भारतीय महिला लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमका महत्वपूर्ण सदस्य सावित्रा र अनिताले लगातार दोस्रो सिजन भारतीय महिला लिग खेल्ने पक्का भएको हो ।
चौथो संस्करणको भारतीय महिला लिग आगामी शुक्रबार बेङ्गलोरमा सुरु हुदैछ । लिगमा भारतका १२ टिमले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।
सावित्रा र अनिताले गत सिजन सेथु फुटबल क्लबबाट खेलेका थिए । तर नयाँ सिजन सावित्राले क्लब परिवर्तन गरेकी छिन् । उनले सेथुलाई छाड्दै गोकुलमबाट नयाँ सिजन खेल्नेछिन् ।
गत सिजन समेत गोकुलमबाट खेल्ने प्रस्ताव आएको थियो । तर सेथुबाट खेल्न पुगे । भारत उड्नु अघि खेलपाटीसंग सावित्राले भनिन्, सेथुलाई च्याम्पियन बनाउने लक्ष्य पुरा गर्न सके । अब नयाँ सिजन आफ्नो टिमलाई च्याम्पियन बनाउने लक्ष्य लिएको छ ।
सावित्राको नयाँ क्लब गत सिजन सेमिफाईनलबाट बाहिरिएको थियो । सावित्राले गत सिजन सेथुबाट १५ गोल गरेकी थिईन् । सावित्रा र अनिता मंगलबारै भारत प्रस्थान गर्दैछन् ।
प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार
Comments