काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुल यो सिजन अपराजित छ । २१ खेल खेलेको लिभरपुलले २० खेलमा जित निकालेको छ । लिभरपुलले एकमात्र खेल म्यन्चेस्टर युनाइटेडसँग बराबरी खेलेको हो ।
लिगको अपराजित लिभरपुल २१ खेलमा ६१ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटी लिभरपुल भन्दा १३ अंकले पछि छ । उता युनाइटेड २२ खेलमा ३४ अंकसहित लिगको पाँचौं स्थानमा छ ।
युनाइटेडले आजको खेलमा लिभरपुलाई हराउँन सके लिगको चौथो स्थानमा उक्लनेछ । आजको खेलमा युनाइटेडसँग पराजित भए लिभरपुलको यो सिजन लिगमा अपराजित यात्रा अन्त्य हुनेछ ।
लिभरपुललाई हराउन भने युनाइटेडलाई त्यति सहज हुने छैन । त्यसैले लिभरपुल युनाइटेडलाई हराउँदै आफ्नो अपराजित यात्रालाई कायम राख्ने योजनामा छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समयअनुसार राति १०ः१५ मा सुरु हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार
Comments