काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले गोलका मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेन्।
च्यासलका अमित श्रेष्ठले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहारमा एपिएफका गोलकिपर अमृत चौधरीले पन्च आउट गरेका थिए।
सन्तोष साहुखलको पासमा सुनिल खड्काले ३३औं मिनेटमा गोल गर्ने सुन्दर मौका गुमाएका थिए। उनले ६ यार्ड बक्स भित्रबाट गरेको फितलो प्रहार एपिएफका गोलकिपर अमृत चौधरीले बचाउ गरे।
एपिएफका रबी थिङले ३८औँ मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार च्यासलका गोलकिपर एलान न्यौपानेले बचाएका थिए।
च्यासल ५ खेलबाट ५ अंकसहित तालिकाको १०औं स्थानमा छ भने समान खेलबाट ४ अंक जोडेको एपिएफ १३ औं स्थानमा छ।
प्रकाशित मितिः २०७६ पौष २८ सोमबार
Comments