काठमाडौँ । न्यु डायमण्ड कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि फेरि पनि एपीएफ क्लबले जितेको छ । फाइनलमा आयोजक न्यु डायमण्डलाई तीन शुन्यको सोझो सेटमा हराउँदै एपीएफले उपाधि उचाल्यो ।
गंगोबुमा रहेकाे ढोरपाटन भलिबल क्लबको कोर्टमा भएको फाइनलमा एपीएफले न्यु डायमण्डलाई २५–२०, २५–२३ र २५–१८ को सेटमा हरायो ।खेलको सुरुवातदेखि नै राष्ट्रिय खेलाडीले भरिएको एपीएफले न्यु डायमण्डलाई दबाबमा राखेको थियो ।
जसमा पहिलो सेट एपीएफले २५–२० ले जित्यो । दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो सेट २५–१८ ले जित्न सफल भयो । उपाधिसँगै एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गरेको छ । न्यु डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँमा चित्त बुझायो ।
प्रकाशित मितिः २०७६ पौष २७ आइतबार
Comments