काठमाडौँ । एथ्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै एथ्लेटिको मड्रिड उपाधि नजिक पुगेको हो ।
एथ्लेटिको मड्रिडको जितमा कोके, अल्भारो मोराटा र एन्जिल कोरियाले एक एक गोल गरे ।
एथ्लेटिको मड्रिडले खेलको ४६ औं मिनेटमा गोल गर्दै कोकेले अग्रता दिलाएका थिए । तर खेलको ५१ औं मिनेटमा लियोनल मेस्सी र ६२ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए ।
तर ८१ मिनेटमा अल्भारो मोराटा र ८६ औं मिनेटमा एन्जिल कोरियाले गोल गरेपछि बार्सिलोना स्तब्ध बन्यो ।
अब स्पेनिस सुपर कपको उपाधिका लागि एथ्लेटिकोले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
रियल भ्यालेन्सियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।
प्रकाशित मितिः २०७६ पौष २५ शुक्रबार
Comments