काठमाडौँ । इङल्याण्डले दक्षिण अफ्रीकालाई दोस्रो टेस्टमा पराजित गरेको छ । टेस्टको पाँचौ दिन इङल्याण्डले दक्षिण अफ्रिकामाथि १८९ रनको जित हासिल गरको हो ।
इङल्याण्डले दिएको ४३८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका दोस्रो इनिंगमा २४८ रन बनाएर अल आउट भएपछि इङल्याण्ड १८९ रनले विजयी भएको हो ।
इङल्याण्डले पहिलो इनिंगमा २६९ रन बनाएको थियो भने दोस्रो इनिंगमा ८ विकेट गुमाएर ३९१ रन बनाउदै पारी घोषणा गरेको थियो ।
यस अघि दक्षिण अफ्रिका आफ्नो पहिलो इनिंगमा २२३ रनमा अल आउट भएको थियो ।
खेलमा अलराउन्ड प्रदर्शन गरेका इङल्याण्डका अलराउन्डर बेन स्टोक खेलको प्लेयर अफ द म्याच बनेका छन् । स्टोकले पहिलो इनिंगमा ४७ र दोस्रो इनिंगमा ७२ रन बनाएका थिए भने दक्षिण अफ्रीकाको दोस्रो इनिंगमा महत्वपूर्ण ३ विकेट समेत लिएका थिए ।
जारी ४ खेलको सिरिजमा पहिलो खेल दक्षिण अफ्रिकाले जितेको थियो भने दोस्रो खेल इङल्याण्डले जितेर सिरिज १-१ ले बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल जनवरी १६ बाट शुरु हुने छ । एजेन्सी
प्रकाशित मितिः २०७६ पौष २३ बुधबार
Comments