काठमाडौं । गेटाफेमाथि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा गेटाफेलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै रियलले सहज जित निकालेको हो । रियलका लागि राफयल भरान र लुका मोड्रिचले एक एक गोल गरे भने एक गोल उपहार पायो ।
खेलको ३४ औं मिनेटमा गेटाफेका डेभिड सोरियाको आत्मघाती गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो । ५३ औं मिनेटमा राफयलले गोल गर्दै रियललाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा मोड्रिचले गोल गर्दै रियललाई ३–० को जित दिलाए ।
जितसँगै रियलले १९ खेलमा ४० अंक जोडेको छ । पराजित गेटाफे ३० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७६ पौष २० आइतबार
Comments