काठमाडौं । म्यानचेष्टर सिटी र लेस्टर सिटी एफ ए कपको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा म्यानचेष्टरले पोर्ट भेललाई ४–१ ले र लेस्टरले विगान एथ्लेटिकलाई २–० ले पराजित गर्दै चौथो चरणमा पुगेका हुन् ।
इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेष्टरका लागि अलेक्सान्डर जिन्चोन्को, सर्जियो अगुइरो, हारवुड वेलिस र फि फोडेनले एक एक गोल गरे । यस्तै, पोर्ट भेलका लागि टोम पोपीले एक गोल गरे ।
खेलको १९ औं मिनेटमा जिन्चोन्कोले गोल गर्दै म्यानचेष्टरलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा पोपीले गोल गर्दै खेल बराबरीमा ल्याए । ४२ औं मिनेटमा अगुइरोले गोल गर्दै म्यानचेष्टरलाई खेलमा पुनः २–१ अग्रता दिलाए ।
५८ औं मिनेटमा हारवुडले गोल गर्दै म्यानचेष्टरलाई ३–१ अग्रता दिलाए । ७६ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ४–१ को सहज जित दिलाए । यस्तै अर्को खेलमा लेस्टरले एथ्लेटिकलाई २–० ले पराजित गरेका थिए ।लेस्टरका लागि हार्वे वार्नेसले एक गोल गरे भने एक गोल उपहार पायो ।
प्रकाशित मितिः २०७६ पौष २० आइतबार
Comments