काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो लगातार जित निकालेको छ ।आज एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटा क्लबलाई २–१ ले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित निकालेको हो ।
पुलिसका लागि सुमन लामाले एक गोल गरे भने पुलिसले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । संकटाका अमित तामाङले किलियर गरेको बलले आफ्नै जाली चुमेपछि पुलिसले उपहार गोल पाएको थियो । संकटाका लागि अमित तामाङले एक गोल गरे ।खेलको १५ औं मिनेटमा संकटाका अमितले आत्मघाती गोल गर्दा पुलिसले अग्रता बनाएको थियो ।
१८ औं मिनेटमा अमितले नै पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए । ३३ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए ।खेलमा पुलिसका लामा म्यान अफ दि म्याच चुनिए ।जितसँगै पुलिस ४ खेलबाट ७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । पराजित भएको संकटा ४ खेलबाट ४ अंकसहित दशौं स्थानमा छ ।
प्रकाशित मितिः २०७६ पुस १६ बुधबार
Comments