काठमाडौं। बिश्व चर्चित खेलाडी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक खेल जित्ने खेलाडी बनेका छन् । उनले पछिल्लो एक दशककै धेरै खेल जितेका छन् । उनले एक दशकमा हालसम्म २ सय ६० खेल जितिसकेका छन् । उनी युरोपका शीर्ष पाँच लिगमा सबैभन्दा बढी खेल जित्ने खेलाडी बनेका हुन् ।
सबैभन्दा बढी खेल जित्ने खेलाडीमा पहिलो मेस्सी छन् भने दोस्रोमा स्पेनिस फुटबलर बुस्क्वेट्स रहेका छन् । उनले २ सय ४५ खेल जितेका छन् । त्यस्तै युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने तेस्रो स्थानमा छन् । उनले हालसम्म २ सय ४४ खेल जितेका छन् । मेस्सीले रोनाल्डालाई १६ खेलले पछि परेका छन् ।
प्रकाशित मितिः २०७६ पुस १३ आइतबार
Comments