काठमाडौं । बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार एडिलेड स्ट्राइकरसँग चार रनले पराजित भएको छ ।
स्ट्राइकरले दिएको १७५ रनको लक्ष्य पछ्याएको मेलबर्नले ६ विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो । जितसँगै, स्ट्राइकर तीन खेलबाट पाँच अंक जोडेको छ । समान तीन खेल खेलेको मेलबर्नको यो पहिलो हार हो ।
स्ट्राइकर विरुद्ध सन्दीपले एक विकेट लिए । तीन ओभर बलिङ गरेका सन्दीपले १५ रन दिएका थिए ।
प्रकाशित मितिः२०७६ पुस ११ शुक्रबार
Comments