काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० गोलको अग्रता बनाएको छ । खेलको २८ औं मिनेटमा पिटर सेगुनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।
फ्रेन्ड्सका खेलाडीले डिबक्सभित्र बल क्लियर गर्न नसक्दा डिफेन्डर सेगुनले हेड गोल गरेका थिए । त्यसअघि खेलमा फ्रेन्ड्सले एक उत्कृष्ट गोलको अवसर पाएको थियो । १० औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीको कडा प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पन्च गर्दै बाहिर पठाएका थिए ।
खेलको २० औं मिनेटमा मछिन्द्रले पनि लोभलाग्दो पोस्ट आक्रमण गरेको थियो । उसका विशाल राईले डिबक्सको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक फ्रेन्ड्सका गोलरक्षक देव लिम्बुले उत्कृष्ट बचाउ गरे । यस्तै ३२ औं मिनेटमा मछिन्द्रका बुद्द राज लिम्बु गोल गर्न चुके । डिबक्सभित्र पाएको बललाई उनले बाहिर प्रहार गरे ।
आज मछिन्द्र दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मछिन्द्रले दोस्रो खेलमा च्यासलसँग बराबरी खेल्दै अंक बाँडेको थियो । लिगमा अंक विहिन रहेको फ्रेन्ड्स पहिलो अंकको खोजीमा रहेको छ ।
प्रकाशित मितिः २०७६पौष ०९, बुधबार
Comments