काठमान्डौं । नेपाली यू- १५ महिला फुटबल टिमले आज सोमबार भुटानको यू-१५ महिला फुटबल टिमसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपालले भुटानसँग खेल्नेछ । खेल नेपाली समय अनुसार अपरान्ह २ बजे सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मैत्रीपूर्ण खेल निशुल्क हेर्न सकिने जनाएको छ । महिला फुटबल विकासको लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको एन्फाले जनाएको छ । अर्को मैत्रीपूर्ण खेल बुधबार हुनेछ ।
प्रकाशित मितिः २०७६ पौष ७ सोमबार
Comments