काठमाडौं। राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू सम्मिलित पञ्जाब फुटबल क्लबले आई लिगमा लगातार दोस्रो जित निकालेको छ । सोमबार घरेलु मैदानमा भएको खेलमा पञ्जाबले इन्डियन एरोजलाई १–० ले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
पञ्जाबका लागि दिपन्डा डिक्काले निर्णायक गोल गरे । इङ्ल्याण्डका जासोन हार्डको स्थान लिएका डिक्काले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरे ।
यसअघि भएको खेलमा पंञ्जाबले पुर्ब च्याम्पियन चेन्नेइ सिटीलाई ३–१ ले पराजित गरेको थियो । जितसँगै किरणको टिम पञ्जाबले ४ खेलबाट ७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
प्रकाशित मितिः २०७६ पौष ०१ मंगलबार
Comments