काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सले पोखरा पल्टनलाई ११६ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै ११५ रन बनायो ।
काठमाडौंका लागि ओपनरका रुपमा आएका जयकिशान कोल्सावालालाई प्राथामेस डाकेले पहिलो विकेटको रुपमा आउट गराएका थिए । उनी तेस्रो ओभरको चौथो बलमा ९ रन बनाउँदै क्याच आउट भएका थिए । काठमाडौंले दोस्रो विकेटको रुपमा सुवास खकुरेललाई गुमाएको थियो । सुवासलाई चौथो ओभरको दोस्रो बलमा ६ रनमा ललित नारायण राजवंशीले आउट गराएका थिए ।
काठमाडौंले सुरुआती ४ ओभरमा दुई विकेट गुमाउँदै २१ रन बनाएको थियो । राशिद खानले काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ललाई पाचौँ ओभरको दोस्रो बलमा १ रनमा बोल्ड आउट गराएका थिए । गौरव तोमरलाई ललितले व्यत्तिगत दोस्रो विकेटको रुपमा १३ रनमा आउट गराएका थिए ।
पोखराका लागि १० ओभरको दोस्रो बलमा कुशल मल्लले पाँचौ विकेट लिए । उनले पवन सरार्फलाई ६ रनमा क्याच आउट गराएका थिए । कुशले १२ ओभरको तेस्रो बलमा व्यत्तिगत दोस्रो विकेट लिए । उनले पृथु बास्कोटालाई ७ रनमा क्याच आउट गराएका थिए ।
काठमाडौंका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका सुवोध भाटी ४५ रन बनाउँदै आउट भए ।
उनले १७ ओभरको तेस्रो बलमा सर्वजित लड्डाले क्याच आउट गराएका हुन् । लड्डाको बलमा आरिफले क्याच गरेका थिए । आजको खेलमा दुबै टोली उत्कृष्ट नतिजा निकाल्दै प्रतियोगिताको सुरुआत गर्ने योजनामा छन् । शरद भेषवाकरको कप्तानीमा रहेको साविकको विजेता टोली पोखरा यो सिजन पनि आफूलाई बलियो सावित गर्दै उपाधि जित्ने लक्ष्यमा छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्रको कप्तानीमा रहेको काठमाडौं पहिलो खेलमा उत्कृष्ट नतिजा निकाल्दै प्रतियोगितामा उपाधि दावेदारको प्रस्तुत गर्ने योजनामा छ । बसन्त रेग्मीले ८ रन बनाएर आउट भए । त्यस्तै सुशान भारीले नट आउट १० रन र अमित भट्टराइले १ रन बनाए ।
प्रकाशित मितिः २०७६ मंसिर २९ आइतबार
Comments