काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगामा शनिबार रियल सोसिडाडसँग २-२ को बराबरीमा रोकिएको छ। खेलमा पहिलो अग्रता रियल सोसिडाडले लियो।
१२ मिनेटमा प्राप्त पेनाल्टीलाई ओयार्जाबालले गोलमा परिणत गरेपछि टोलीले अग्रता कायम गरेको थियो। सो अग्रतालाई खेलको ३८ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बराबरी गरे।
त्यसपछि लुईस स्वारेजले खेलको ४९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। तर यो अग्रतालाई रियल सोसिडाडले खेलको ६२ औं मिनेटमा बराबरी गर्यो। टोलीका लागि बराबरी गोल इसाकले गरेका थिए।
त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल २-२ को बराबरीमा सकियो। बराबरीपछि पनि बार्सिलोना १६ खेलबाट ३५ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ।त्यस्तै बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियल मड्रिडको ३४ अंक सहित दोश्रो स्थानमा रहेको छ।
प्रकाशित मितिः २०७६ मंसिर २९ आइतबार
Comments