पोखरा। दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) आज आइतबारबाट सुरु हुँदैछ ।पोखरास्थित पोखरा क्रिकेट रंगशालामा हुने आजको पहिलो उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेनबीच प्रतिस्पर्धा हुनेछ ।
बिहान साँढे ११ बजेबाट सुरु हुने आजको पहिलो खेलमा जित हात पार्दै दुवै टोली लिगमा सुखद सुरुवात गर्ने लक्ष्य सहित मैदानमा उत्रनेछ ।
पोखरा नेपाली घरेलु लिगमा सर्वाधिक सफल शरद भेषाकरको नेतृत्व र काठमाडौं राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमै मैदान उत्रने छ । खेल निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २९ आइतबार
Comments