भक्तपुर । हालै सम्मपन्न भएको १३ औं साग खेलमा नेपाललाई पहिलो स्वर्ण दिलाउने मध्यपुर थिमि नगरपालिकाका मन्डे काजी श्रेष्ठलाई आज सम्मान गरिएको छ ।
कराँते को काता बिधा तर्फ एकल र सामुहिक तर्फ दुई स्वर्ण दिलाउन सफल रहेका काजीलाई आज मध्यपुर नगरपालिकाले नगद पाँच लाख पच्चपन्न हजार पाँच सय पाँच रुपैयाँ सहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले, खेलाडीको हौसला बढाउन र खेल क्षेत्रबाट बिश्व सामु नेपालको उच्च शिर राख्न सफल खेलाडीहरुलाई यसरी नै हौसला प्रदन गरि अझै खेलाडीले प्रगती गर्ने बताए । उनले भने मन्डेकाजीले खेल क्षेत्रमा हासिल गरेका बिभिन्न पदकहरुलाई स्ुरक्षित तवरले राख्नका लागि दराज समेत नगरपालिकाले प्रदान गर्ने उनले बताए ।
उनले भने बिगतमा जस्तो नभएर अव खेल क्षेत्रमा लागेर समेत जीवन जोहो गर्न सकिने वातावरण बन्नु खेल जगतका लागि सकारात्मक पक्ष देखिएको छ ।
कार्यक्रममा सम्मान गरिएका काजीले खेल क्षेत्रमा बिभिन्न किसिमका दुख कष्ट गर्नु परेता पनि त्यसको प्रतिफल ढिलै भए पनि यो सार्कमा पाउन सफल रहेको उनले बताए । उनले भने बिगत देखि नै कराँतेमा आफ्नो जीवन ब्यतित् गर्दै आएको र अवको समय पनि मध्यपुर क्षेत्रका हरेक कराँते प्रेमीका माझ आफू रहने उनले बताए ।
कार्यक्रम अघि बोडेबाट शुरु भएको नागरिक अभिनन्दन नगरको बिभिन्न भागकको परिक्रमा गरि बालकुमारीमा पुगेको थियो ।
प्रकाशित मितिः २०७६ मंसिर २८ शनिबार
Comments