काठमाडौं । ब्राजिलियन लिजेण्ड रोनाल्डिन्होले अर्जेन्टिनाका लियोनल मेस्सी आफ्नो समयको मात्र सर्वोकृष्ट खेलाडी भएको बताएका छन् । दुई साता अघि बालोन डीुओर अवार्ड जित्दै कीर्तिमान बनाएका मेस्सीबारे बोल्दै रोनाल्डिन्होले मेस्सी उसको समयको मात्र उत्कृष्ट भएको बताए ।
मेस्सी इतिहासकै सर्वोकृष्ट खेलाडी हो भनेर भन्न सक्दिन तर उ उसको समयको उत्कृष्ट हो, रोनाल्डिन्होले भने । मेस्सीले यस वर्षको बालोन डीुओर जित्दै सर्वाधिक ६ पटक जित्ने खेलाडीको कीर्तिमान बनाएका थिए । जसको कारण उनलाई फुटबल पण्डितहरुले इतिहासकै सर्वोकृष्ट खेलाडीको रुपमा अघि सार्दै आएका छन् ।
तर, मेस्सीका पूर्व सहकर्मी समेत रहेका रोनाल्डो भने त्यसलाई मान्न तयार छैनन् । म मेस्सीबाट खुसी छु किनभने ऊ साथी हो, बार्सिलोनाको मुख्य केन्द्र पनि हो,रोनाल्डिन्होले भने, मलाई तुलना मन पर्दैन किनकि इतिहासमा सबै भन्दा राम्रो को हो भनेर चिन्न गाह्रो छ । किनकी यहाँ डीएगो म्यारोडोना, पेले र रोनाल्डो छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ मंसिर २८ शनिबार
Comments