काठमाडौं । कतारी क्लब अल साद घरेलु भूमिमा जारी क्लब विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा न्यु क्यालेडोनियाको क्लब हिङहेनेलाई अतिरिक्त समयमा ३-१ गोल अन्तरले पराजित गर्दै अल साद दोस्रो चरणमा पुगेको हो ।
अल सादलाई जित दिलाउन बोउनेदजाह, हसन फादल्ला र कर्भाल्हो कोरेयाले एक एक गोल गरे । हिङहेनेका रोइनीले एक गोल फर्काए । खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । जसमा घरेलु टिमले बाजी मार्यो । अब अल सादले दोस्रो चरणमा मेक्सिकन क्लब मोन्टेरीको सामना गर्नेछ । एजेन्सी
प्रकाशित मितिः२०७६ मंसिर २६ बिहीबार
Comments