काठमाडौं। रसियालाई आगामी चार वर्षका लागि सबैजसो ठूला खेलकुद प्रतियोगिताहरु खेल्नबाट प्रतिबन्ध लागेको छ । वर्ल्ड एन्टी–डोपिङ एजेन्सी (वाडा) को यो प्रतिबन्धपछि रसियाले सन् २०२० को टोकियो ओलिम्पिक्स र सन् २०२२ को कतारमा हुने फुटबल विश्वकपमा भाग लिन पाउने छैन ।
तर खेलाडीहरुले आफूले प्रतिबन्धित पदार्थ प्रयोग नगरेको प्रमाणित गरेमा ओलिम्पिकको जस्तै तटस्थ झन्डा लिएर खेल्न पाउँछन् ।स्विटजरल्याण्डमा बसेको वाडाको कार्यकारी समितिको बैठकले रसियालाई प्रतिबन्ध लगाउने बिषयमा सर्वसम्मत निर्णय गरेको थियो ।
वाडालाई उक्त संस्थामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सन् २०१८ मा ती तथ्यांकहरूलाई शर्तस्वरुप मागिएको थियो ।वाडालाई प्रदान गरेको तथ्यांक गलत भएको प्रमाणित भएपछि त्यस्तो प्रतिबन्ध लागेको हो । रसियाले वाडाको निर्णयविरुद्व २१ दिनभित्र कोर्ट अफ आर्बिटेशन फर स्पोर्टस् (कास)मा अपिल गर्न सक्नेछ ।
प्रकाशित मितिः २०७६ मंसिर २४ मंगलवार
Comments