काठमाडौं। लगातार ९ खेलमा जितबिहीन रहेको आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेडलाई पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा आर्सनलले वेष्टह्यामलाई ३–१ ले पराजित गर्दै १० औं खेलमा जित निकालेको हो । यसअघि आर्सनलले ६ बराबरी र ३ हारको नजिता निकालेको थियो ।
आर्सनलका लागि ग्याब्रियल मार्टिनेली, निकोलस पेपे र पिएरे इमरिक औवामियाङले एक एक गोल गरे । यस्तै घरेलु टोली वेष्टह्यामका लागि एंगलो ओग्वोनाले एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा एंगलोले गोल गर्दै वेष्टह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औं मिनेटमा आर्सनलका मार्टिनेलीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
६६ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई खेलमा २–१ को अग्रता दिलाए । ६९ औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनललाई ३–१ को सानदार जित दिलाए । जितसँगै आर्सनल २२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित वेस्टह्याम १६ अंक जोडेर १६ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७६ मंसिर २४ मंगलवार
Comments