काठमाडौं । नेपाली बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेको छ । थ्री बाइ थ्री बास्केटबलमा सोमबार भारतीय टोलीसँग पराजित भएसँगै नेपालले रजत पदक जितेको हो । भारतले भने स्वर्ण जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको फाइनलमा नेपाल भारतसँग २०-१५ ले पराजित भएको हो । सेमिफाइनलमा श्रीलंकालाई २१-९ ले हराउँदै नेपाली टोली फाइनल पुगेको थियो ।
प्रकाशित मितिः२०७६ मङ्सिर २३ सोमबार
Comments