काठमाडौं। इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले संघर्षपूर्ण जित निकालेको छ ।आइतबार राति भएको खेलमा मिलानले बोलोग्नालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
बोलोग्नाको मैदानमा मिलानलाई जित दिलाउन क्रेजेस्टोफ पियाटेक, थियो हर्नान्डेज र जियाकोमा बोनाभेन्टुराले एक एक गोल गरे ।बोलोग्नाका निकोला सान्सोनाले एक गोल गर्दा मिलानका हर्नान्डेजले एक आत्मघाती गोल गरेका थिए ।
जितसँगै मिलानले १५ खेलमा २० अंक जोडेको छ । र, लिगको दशौँ स्थानमा रहेको छ । १६ अंक जोडेको बोलोग्ना १२ औं स्थानमा रहेको छ ।एजेन्सी ।
प्रकाशित मितिः२०७६ मङ्सिर २३ सोमबार
Comments