काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपाल स्वर्ण नजिक पुगेको छ । नेपालको पुरुष टिम थ्री बाइ थ्री बास्केटबलमा फाइनल नजिक पुगेको हो ।
नेपालले सेमिफाइनलमा श्रीलंकालाई २१-९ ले हरायो । अब नेपालले स्वर्णका लागि भारतसंग खेल्ने छ ।
पहिलो खेलमा नेपालले बंगलादेशलाई २१-१४ ले पराजित गरेकाे थियाे । नेपालको जितमा निकेश मगरले ८ स्कोर गरेका थिए । दोस्रो खेलमा भने नेपाल श्रीलंकासँग पराजित भएकाे थियो ।
प्रकाशित मितिः२०७६ मङ्सिर २३ सोमबार
Comments