काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिगमा वानमा मोन्टपिलरलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो । मोन्टपिलरको मैदानमा १–० ले पछि परेको स्थिति उल्टाएर पीएसजीले जित निकालेको हो ।
खेलको ४१ औं मिनेटमा लीन्द्रो पारेडेसलेको आत्मघाती गोलबाट मोन्टपिलरले अग्रता बनाएको थियो । ७२ औं मिनेटमा पेड्रो मेन्डेसले रातो कार्ड पाएपछि मोन्टपिलर १० खेलाडीमा समेटिएको थियो ।
७४ औं मिनेटमा पीएसजीका नेयमारले गोल गर्दै खेल बराबरीमा ल्याए । ७६ औं मिनेटमा केलियण एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि ८१ औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई ३–१ को जित दिलाए । जितसँगै पीएसजी १६ खेलबाट ३९ अंक बनाइ शीर्ष स्थानमा छ । २४ अंक जोडेको मोन्टपिलर आठौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २२ आइतबार
Comments