काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालका सुवास तामाङले स्वर्ण जितेका छन् ।गोकर्ण गल्फ कोर्समा शुक्रबार बंगलादेशका खेलाडीलाई पछि पार्दै सुवासले स्वर्ण जितेका हुन् ।
स्वर्ण जित्ने क्रममा १७ वर्षीय सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर कार्ड बनाए । बिहीबार सुवासले चार अन्डर ६८ खेलेका थिए । बंगलादेशका मोहमद फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोडे ।
नेपालले पुरुषको टिम इभेन्टतर्फ पनि स्वर्ण पदक जितेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससहित शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन् ।
प्रकाशित मितिः २०७६ मंसिर २० शुक्रबार
Comments