काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री पुरुषमा नेपालले स्वर्ण जितेको छ ।
नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेका हुन् । यस्तै नेपालका राजिब राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य जितेका छन् ।
वुद्धिले स्वर्ण जितेसँगै नेपालले साग इतिहासको एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ । नेपालले साग इतिहासमा पहिलोपटक ३२ स्वर्ण जितेको हो । नेपालले यस अघि नेपालमै भएको आठौं सागमा सर्वाधिक ३१ स्वर्ण जितेको थियो ।
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार
Comments