काठमाडौं । तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) को चौथों दिन नेपालले ६ स्वर्ण जितेको छ । यो सँगै नेपालको स्वर्ण संख्या २९ पुगेको छ । यो उपलब्धी आठौं सागको नतिजासँग नजिक हो । त्यसबेला नेपालले ३२ स्वर्ण जितेको थियो । त्यो नै सागमा नेपालले जितेको सवैभन्दा उच्च स्कोर हो ।
तर, २९ स्वर्ण जितिरहँदा अंक तालिकामा भने भारतले नेपाललाई पछि पारेको छ । तेस्रो दिनसम्म शीर्ष स्थानमा रहेको नेपाललाई भारतले ३४ स्वर्ण जित्दै उछिनेको हो । नेपाल भन्दा स्वर्ण संख्यामा पाँच बढी जितेको भारतसँग जम्मा पदकमा भने नेपाल एकले मात्रै पछाडि छ ।
नेपालले १५ रजत र २५ काँस्य गरी जम्मा ६९ पदक जितेको छ भने भारतले जम्मा ७० पदक जितेको छ । तेस्रो स्थानमा पाकिस्तान उक्लिएको छ भने चौथोंमा श्रीलंका छ । माल्दिभ्सले एक मात्रै स्वर्ण जित्दा भुटानले भने अहिलेसम्म स्वर्ण जित्न सकेको छैन ।
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार
Comments