पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा आज भएको खेलमा बंगलादेशविरुद्ध भएको खेलमा २६–२४ ले जित निकाल्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालको जितमा उमा राईले सर्वाधिक ८ गोल गरिन् । यस्तै निशा राईले ५ गोल गर्दा कविता राई र रन्जना राईले ४/४ गोल गरिन् । यस्तै आइता लोमु शेर्पा र शान्ति कला राईले २/२ तथा कल्पना ओलीले १ गोल गरिन् ।
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार
Comments