काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले कबड्डीमा ऐतिहासिक जित निकालेको छ ।बुधबार बिहान भएको खेलमा नेपालको महिला टिमले बंगलादेशमाथि ऐतिहासिक जित दर्ता गरेको हो ।
जितसंगै नेपालले कम्तिमा कास्य पदक पक्का गरेको छ ।एपीएफको हलचोकस्थित कोर्टमा भएको खेलमा नेपालले बंगलादेशलाई ३६–२५ ले हरायो ।
महिला टिमकी अनुजा राईले सर्वाधिक ८ अंकको स्कोर गरिन् । नेपालले पछिल्लो २० बर्षमा बंगलादेशमाथि पहिलो जित दर्ता गरेको हो ।
प्रकाशित मितिः२०७६ मंसिर १८ बुधबार
Comments