काठमाडौंः म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीमाथि सहज जित निकालेको छ । मंगलबार राति बर्नलीको मैदानमा भएको खेलमा सिटीले बर्नलीलाई ४–१ को सहज जित निकालेको हो ।
सिटीका लागि ग्राबियल जिससले २ तथा रोड्री र रियाद महरेजले एक एक गोल गरे ।यस्तै, बर्नलीका लागि रोब्बी ब्राडीले एक गोल गरे ।खेलको २४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
५० औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । ८७ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए ।
त्यसपछि ८९ औं मिनेटमा बर्नलीका ब्राडीले एक गोल फर्काएपनि सिटी ४–१ ले विजयी भयो । जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले १५ खेलमा ३२ अंक जोडेको छ । पराजित बर्नली १८ अंक जोडेर ११ औं स्थानमा छ ।
अर्को खेलमा क्रिस्टल प्यालेसले बर्नेमाउथलाई १–० ले हराएको छ । क्रिस्टलका लागि जेफ्रीले खेलको ७६ औं मिनेटमा गोल गरेका थिए ।
प्रकाशित मितिः२०७६ मंसिर १८ बुधबार
Comments