काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिनसम्म आइपुग्दा नेपालले स्वर्ण संख्या २३ पुर्याएको छ ।
सागको दोस्रो दिन अर्थात सोमबार नेपालले कराँते र तेक्वान्दोतर्फ समान ७७ र ट्रायलथनमा १ गरी १५ स्वर्ण जितेको थियो भने तेस्रो दिन अर्थात मंगलबार उसुतर्फ २, कराँतेतर्फ २, तेक्वान्दोतर्फ २, दुवाथलनतर्फ १ र एथ्लेटिक्सतर्फ १ गरी जम्मा ८ स्वर्ण पदक गरी कूल २३ स्वर्ण पदक जितेको हो ।
मंगलबार नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो । महिलामा सुस्मिता तामाङले र पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन् । त्यस्तै नेपालले मंगलबार नै नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा र सुनिता महर्जनले ६८ केजी तौल समूहमा कराँते फाइटमा स्वर्ण जितेका हुन् ।
त्यसैगरी तेक्वान्दो फाइटमा काजल श्रेष्ठले ४६ किलो तौल मुनिको समूहमा र फाइटतर्फ नै ६८ केजीमुनि वीरबहादुर महराले स्वर्ण जितेका हुन् । पोखरामा दुवाथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् भने नेपालले महिला एथ्लेटिक्समा पनि स्वर्ण जितेको छ । सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन् ।
प्रकाशित मितिः२०७६ मंसिर १८ बुधबार
Comments