काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका वीर बहादुर महराले स्वर्ण जितेका छन् ।
पुरुष ६८ केजीमुनी गेरुगीतर्फ महराले स्वर्ण जितेका हुन् । महराले पाकिस्तानका खेलाडी मोहमद फाहिमलाई अंकले पराजित गरे ।योसँगै नेपालले तेक्वान्दोमा ९ स्वर्ण जितेको छ ।
प्रकाशित मितिः २०७६ मंसिर १७ मंगलबार
Comments