काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेमा नेपालकी सुनिता महर्जनले स्वर्ण जितेकी छिन् ।महिला कुमुतेको ६८ केजीमुनि सुनिताले स्वर्ण जितेकी हुन् । सुनिताले पाकिस्तानी खेलाडी कुल्सुमलाई ८-२ अंकले अपराजित गरिन् ।
यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो ।पुरुष ७५ केजी कुमुतेमा नेपालका गंगाराम कुसुवारले रजत जिते । फाइनलमा गंगाराम पाकिस्तानसँग ८-० ले पराजित भए ।
प्रकाशित मितिः २०७६ मंसिर १७ मंगलबार
Comments