पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालामा मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकामाथि १–० को हराउँदै विजयी सुरुवात गरेको हो ।
नेपालका लागि सरु लिम्बुले निर्णायक गोल गरिन् ।
खेलको ८७ औं मिनेटमा सरुले गोल गर्दै ३ अंक जोडिन् ।
अहिले माल्दिभ्स र भारतबीच खेल भइरहेको छ ।
प्रकाशित मितिः २०७६ मंसिर १७ मंगलबार
Comments