काठमाडौं । आइतवारदेखि सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी सीमा लिम्बुले स्वर्ण पदक जितेकी छन्।
सीमाले पुम्सेतर्फको १७ वर्षमाथि र २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी हुन्। यो स्पर्धामा सीमाले स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितेका छन्।
यसघि तेक्वान्दोको पुम्सेतर्फ नै गोविन्दबहादुर आले र कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका थिए। तेक्वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भएका थिए।
प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार
Comments