काठमाडौँ । नेपालले १३औं दक्षिण एशियाली खेलकुद सागमा ट्रायथलनमा ऐतिहासिक स्वर्ण पदक जितेको छ।महिलातर्फको एलिट स्प्रीन्ट प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन्।
उनले भारतीय खेलाडीलाई १५ सेकेण्डले पछाडि पारिन्। त्यस्तै नेपालले करातेमा दुई र तेक्वान्दोमा एक स्वर्ण पदक जितेको छ।
करातेमा पुरुष एकल काता र महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो। करातेको महिला टिम कातामा स्वर्ण जित्ने टोलीमा निर्मला तामाङ, संगीता मगर र सरु कार्की रहेका छन्।
पोखरामा भएको ट्रायथलन प्रतिस्पर्धामा गुरुङले भारतका दुई खेलाडीलाई पछाडि पारेकी थिइन्।
ट्रायथलनमा पौडी, साइकल दौड र दौड समावेश हुन्छ।
पुरुष ट्रायथलनमा नेपालका बसन्त थारुले कास्य पदक जिते। भारतीय खेलाडी आदर्श सिनीवालले यसमा स्वर्ण जितेका छन्।
प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार
Comments